SHARE
अन्नपूर्ण · आइबार​ १९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

रौतहट सदरमुकाम गौर जलमग्न

रौतहत : अविरल वर्षाका कारण रौतहट सदरमुकाम गौर जलमग्न बनेको छ। पूर्वमा बागमती नदी, पश्चिममा लालबकैया नदी र दक्षिणमा भारतीय बाँधका कारण गौर हरेक वर्ष डुबानमा पर्ने गरेको छ।जिल्ला अदालत, मालपोत कार्यालय, गौर भन्सार, कर कार्यालय, जिल्ला प्रशासन कार्यालय जाने बाटोसहित मुख्य क्षेत्र जलमग्न बनेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। निरन्तर पानी परिरहेकाले गौरका स्थानीयदेखि नदी तटीय क्षेत्रका स्थानीय त्रसित छन्।