SHARE
अन्नपूर्ण · आइबार​ १९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं : अविरल वर्षाका कारण नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। असोज १९ गतेका लागि तय गरिएको बैठक अब असोज २४ गते बिहान ११ बजे पूर्वनिर्धारित स्थानमै बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ।