दशैंको मौका छोपी बुटवलमा दिनहुँ चोरी
बुटवल : दशैंको मौका छोपी बुटवलमा दिनहुँजसो घर तोडफोड गरी चोरी भइरहेको छ। दशैं मनाउन जन्मगाउँ गएकाहरूको घरमा चोर पसेर तोडफोड गरेपछि नागरिकहरू त्रसित भएका छन्। तोडफोड गरेर घरभित्र भएका सुनका गरगहना, नगद, ल्यापटप र अन्य जिन्सी सामानहरु चोरी भएको पीडितहरूले बताएका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित किमडाँडा पकलेमा दशैँको टिका लगाउन गएकी बुटवल उपमहानगरपालिका-१२ ढवाह निवासी रिता पौडेलको घरबाट ९ तोला सुन चोरी भएको छ।
