SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०५:३१ AM · 1 मिनेट पढाइ

यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

काठमाडौं । देशको पश्चिम क्षेत्रमा एउटा संगठित समूहले नक्कली नोट छाप्ने, नोट बजारमा पठाउने र लागुऔषध अफिमको कारोबारसमेत गरिरहेको पत्ता लागेको छ। सुर्खेत प्रहरीले दुई दिनको अवधिमा यो समूहका पाँच जना सदस्यलाई पक्राउ गरेको छ। उनीहरूमध्ये एक जना मिडिया हाउस सञ्चालकसमेत रहेका छन्।