SHARE
Kalo Pati · बुधबार १४ असो २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

महाकालीको बाढीले चुँडियो दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल

काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल बाढीका कारण बीच भागबाट चुँडिएको छ। बुधबार बिहान करिब ८ बजे महाकाली नदीaमा आएको बाढीले पुलको बीच भागमा रहेको पिलर भत्काएपछि पुलको संरचना नदीमा बगेको हो। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ र दोधारा–चाँदनीतर्फबाट तेस्रो भागमा क्षति पुगेको छ।