SHARE
Kalo Pati · बुधबार १४ असो २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

‘मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ’ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको बुधबारको भर्चुअल सम्बोधनमा उनले सङ्गठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।