SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०६:५६ AM · 1 मिनेट पढाइ

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

बुटवल, ३२ असार । रुपन्देहीको तिलोत्तमामा एउटै घरबाट २३ वटा सर्प निकालिएको छ । सर्प उद्धारकर्मीले एउटै घरभित्र भेटिएका २३ सर्पको एकैपटक उद्दार गरेका हुन् । तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा रहेको डिलाराम अर्यालको घरबाट उद्धारकर्ताले २३ वटा विषालु गोमन (कमन कोब्रा) सर्प निकालेका हुन् ।