SHARE
Kalo Pati · बुधबार १४ असो २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

एआईआईबीको वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत उनी बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन् । अर्थमन्त्री वाग्ले असोज १० गते एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन कतारको राजधानी दोहा प्रस्थान गरेका थिए ।