SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०७:१२ AM · 1 मिनेट पढाइ

अमेरिकाबाट फेरि १९ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन्। अध्यागमन विभागका अनुसार, २५ जेठमा ३७ नेपाली चार्टर्ड विमानमार्फत फर्किएयता एक/दुई जनाका दरले नियमित उडानबाट फर्किने क्रम जारी छ। हालसम्म ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगेको विभागले जनाएको छ।