SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०७:३७ AM · 1 मिनेट पढाइ

मनोज भेटवाल प्रकरणमा: उजुरी दिने बराल स्वयं पक्राउ

काठमाडौं, ३२ असार । विवादास्पद ठेकदार मनोज भेटवालको बैंकिङ कसुरसम्बन्धी प्रकरणले नयाँ मोड लिएको छ। भेटवालविरुद्ध उजुरी दर्ता गर्ने राजकुमार बराल आफैं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, बरालमाथि पनि उजुरी परेपछि उनलाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो।