तास खेलिरहेको ठाउँमा प्रहरी पुग्दा भागाभाग, पक्राउ परेका एकको मृत्यु
काठमाण्डौ । तास खेलिरहेको स्थानबाट प्रहरीले पक्राउ गरेका एक जनाको मृत्यु भएको छ । एक जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका– ६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला प्रहरीको गस्ती टोली पुगेपछि भागाभग भएको थियो ।
