रचना रिमालले पार गरिन् स्नातकको परीक्षा, संगीतसँगै पढाइमा पनि अब्बल
काठमाडौं । गायिका रचना रिमालले स्नातक तहको पढाइ पूरा गरेकी छन्। गायनमा सक्रिय रहँदै अध्ययनलाई निरन्तरता दिएकी रिमालले चारवर्षे स्नातक तह उत्तीर्ण गरेकी हुन्। चौथो वर्षको परीक्षाफल सार्वजनिक हुँदा प्राविधिक त्रुटिका कारण उनका केही विषयमा ‘अनुपस्थित’ देखिएको थियो। पछि नतिजा सच्याएर पुनः सार्वजनिक गरिएपछि रिमाल सबै विषयमा उत्तीर्ण भएको खुलेको हो।
