विराट एग्रोको आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल
काठमाडौँ। विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने तयारी थालेको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता एनआईसी एसिया क्यापिटल लिमिटेड र विराट एग्रोबीच सम्पन्न भएको हो। सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्शसहित सर्वसाधारणमा सेयर निष्कासनको प्रक्रियामा आवश्यक सेवा तथा सहजीकरण उपलब्ध गराउनेछ।
