SHARE
Kalo Pati · सोमबार १२ असो २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

सुनको भाउ एकैदिन ५ हजार रुपैयाँले घट्यो

काठमाण्डौ । सुन आज तोलामा ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।