SHARE
Kalo Pati · सोमबार १२ असो २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

काठमाडौं । नेपाल प्रहरीले आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ । सोमबार पूर्वाधार विकास समितिको बैठकमा आगामी चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा भएको छलफलमा प्रहरीले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिएको हो ।