SHARE
मकालु खबर · आइबार​ ११ असो २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

काठमाडौं–३ कांग्रेस अधिवेशनमा सहमति जुटेन, बन्दसत्र भोलि १ बजेसम्म स्थगित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि बन्दसत्र भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आइतबार काठमाडौं–३ को क्षेत्रीय अधिवेशनमा नेतृत्व चयनका लागि विभिन्न पक्षबीच छलफल भएको थियो ।