SHARE
मकालु खबर · आइबार​ ११ असो २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

वर्षापछिको काठमाडौंः खुलेको आकाशमा मुस्कुराए हिमाल (तस्बिरहरू)

काठमाडौं । गत बिहीवारदेखि लगातार परिरहेको अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको मौसममा आज सुधार आएको छ । झरीका कारण केही दिनदेखि प्रभावित बनेको जनजीवन र धुम्मिएको उपत्यकाको आकाश खुलेसँगै यहाँबाट देखिने हिमश्रृंखलाहरू पुनः स्पष्ट र मनमोहक देखिएका छन् । काठमाडौं उपत्यकामा विगत केही दिनयता परेको वर्षाका कारण जनजीवन कष्टकर बनेको थियो ।