SHARE
मकालु खबर · आइबार​ ११ असो २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

गुल्मी । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।