SHARE
कालिका खबर · बुधबार १५ असो २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

वीरगञ्जमा सेवा समूह नेपालको प्रसाद वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न

वीरगञ्ज, असोज १५, पर्सा। नवरात्रिको नवमीको शुभ अवसरमा सेवा समूह नेपालले प्रत्येक वर्ष झैँ यस वर्ष पनि वीरगञ्ज महानगरपालिका–२० मा रहेको ऐतिहासिक गढीमाई मन्दिर परिसरमा भव्य प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ। विगत चार वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि हजारौं भक्तजनहरूको उपस्थितिमा अत्यन्तै उल्लासपूर्ण र धार्मिक वातावरणमा सम्पन्न भएको अध्यक्ष अंकेत कुमार पुरीले जानकारी गराउनुभयो। कार्यक्रमको प्रमुख आकर्षण भक्तजनहरूलाई उपलब्ध गराइएको प्रसाद थियो, जसलाई संस्थाका पदाधिकारी, सदस्य तथा सहयोगी स्वयंसेवकहरूले भक्तिभावसहित वितरण गरे।