SHARE
कालिका खबर · बिहीबार १६ असो २०८२ ०६:०७ AM · 1 मिनेट पढाइ

कोभिड खोपपछि छ प्रकारका क्यान्सरको जोखिम बढ्न सक्छ

सियोल । महामारीको समयमा जटिलता, अस्पताल भर्ना दर र मृत्युलाई रोक्न कोभिड खोपलाई अत्यन्त प्रभावकारी मानिएको थियो । विश्वभरका अर्बौं मानिसहरूले एमआरएनए तथा अन्य प्रकारका खोप प्राप्त गरे । धेरैले दुई डोजपछि बुस्टर डोज पनि लगाए । तर, खोपका प्रभावबारे पछिल्ला वर्षहरूमा विभिन्न विवादहरू उठिरहेका छन् । हृदयघात तथा अन्य रोगका घटनाहरू बढेका दाबीहरू पनि यससँग जोडिएका छन् । यस्तैमा, दक्षिण कोरियाली वैज्ञानिकहरूले हालै एक चौंकाउने दाबी गरेका छन् — कोभिडविरुद्ध खोप लगाएका व्यक्तिहरूमा छ प्रकारका क्यान्सरको जोखिम बढेको हुनसक्ने संकेत देखिएको उनीहरूले बताएका छन् ।