SHARE
मकालु खबर · शनिबार १० असो २०८३ १२:११ PM · 1 मिनेट पढाइ

कांग्रेसको महाधिवेशन भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा: शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीको आसन्न १५औँ महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई कांग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताएका छन् ।