अर्थ मन्त्रालयले भन्यो : विदेशबाट आउँदा ५ हजार डलर ल्याउन पाइन्छ, १५ सयसम्म राख्न रोक छैन
काठमाडौं : अर्थ मन्त्रालयले नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने जनाएको छ। मन्त्रालयले भन्सार घोषणा बिना ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक रहेको जनाएको छ।यसैगरी अर्थ मन्त्रालयले अधिकतम अमेरिकी डलर १,५०० विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने समेत जनाएको छ।
