SHARE
अन्नपूर्ण · शुक्रबार​ १७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

झापाको बुट्टाबारीमा बस दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते

झापा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बुट्टाबारीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा इटहरी नगरपालिका ११ निवासी ४६ वर्षीय दिनेश कुमार भट्टराई र बसका सहचालक मोरङ रङ्गेली नगरपालिका - २ निवासी ४२ वर्षीय राज कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।