जसपा नेपालले फिर्ता गर्यो सरकारलाई दिएको समर्थन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई समर्थन फिर्ताको पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। बुधबार प्रमुख सचेतक रेखा यादवले समर्थन फिर्ताको जानकारी दिँदै पार्टीले अब सरकारसँगको औपचारिक सम्बन्ध अन्त्य गरेको बताइन्। जसपा नेपाल सत्ता गठबन्धनमा सहभागी नभए पनि समर्थन भने दिइरहेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
