काठमाडौं उपत्यकाका सडकमा न्यून सवारी सञ्चालन
काठमाडौं : विजयादशमीको काठमाडौं उपत्यकाका सडकमा न्यून सवारी चलेका छन्। काठमाडौंबाट बाहिरका जिल्लामा दशैं मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीका लगाउन व्यस्त रहेका कारण सडकमा न्यून सवारीसाधन आवागमन भएको देखिन्छ। काठमाडौंका सडकमा निजी सवारी साधनको तुलनामा सार्वजनिक सवारी समेत निकै कम चलेका छन्।टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने केही बढेको छ।
