SHARE
अन्नपूर्ण · शुक्रबार​ १७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

इन्डोनेसियामा विद्यालय भवन भत्किँदा ५ जना विद्यार्थीको मृत्यु, ५९ अझै बेपत्ता

काठमाडौं : इन्डोनेसियामा विद्यालय भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ। करिब १०० जना विद्यार्थी घाइते भएका छन्। यस दुर्घटनामा ५९ जना अझै बेपत्ता छन्। सोमबार सिदोआर्जो शहरमा रहेको दुई तले इस्लामिक बोर्डिङ स्कुलको भवन भत्किएको हो। इन्डोनेशियामा उद्धारकर्मीहरूका अनुसार स्कुलको भग्नावशेषमा अहिले “कसैको जीवित भएको कुनै संकेत” देखिएको छैन। भग्नावशेषबाट १३ जनालाई जीवित निकालिएको थियो। तर तीमध्ये दुई जनाको पछि मृत्यु भएको थियो।