SHARE
अन्नपूर्ण · शुक्रबार​ १७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

बलिउडका चर्चित अभिनेता शाहरुख खान अब अर्बपति क्लबमा

काठमाडौं : बलिउडका चर्चित अभिनेता शाहरुख खान पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेका छन्। हुरुन इन्डिया रिच लिस्ट २०२५ मा उल्लेख गरिए अनुसार ५९ वर्षीय अभिनेता खानको कुल सम्पत्ति १.४ अर्ब डलर रहेको छ। यो भारतका धनीहरूको वार्षिक सूची निकाल्ने संस्था हो।यसले उनलाई अर्नोल्ड श्वार्जनेगर, गायिका रिहाना, गोल्फर टाइगर वुड्स, र गायिका टेलर स्विफ्ट जस्ता विश्व प्रसिद्ध सेलिब्रिटीहरूको श्रेणीमा राखेको छ। फोर्ब्स पत्रिका अनुसार यी सेलिब्रिटीहरूको सम्पत्ति करिब १.६ अर्ब डलर रहेको बीबीसीले उल्लेख गरेको छ।