दशैं मेलामा गोल्डेन हत्या प्रकरण: ‘खुनी दरिन्दे समूह’ले हत्या गरेको खुलासा
वीरगन्ज : वीरगन्जको दशैं मेलामा अष्टमीको राति ‘खुनी दरिन्दे समूह (ग्याङ)’ले युवकको हत्या गरेको खुलासा भएको छ। ‘खुनी दरिन्दे समूह’ को नामबाट ह्वाटसअप ग्रुप बनाएका युवाहरूले २० वर्षीय गोल्डेन भन्ने शिवम कुमार साह कानुको हत्या गरेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।
