नेपाल मलेसियासँग ३ रनले पराजित
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय महिला टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ। मलेसियाको बायुमास ओभलमा आज सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन भने सम्झना खड्काले १६ बलमा १८ रन जोडिन्। कविता जोशीले १३ रन बनाइन। मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
