SHARE
Samata Press · शुक्रबार​ ९ असो २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्‍यो

काठमाडौं ।  जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।