जेनजी आन्दोलनमा सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा करिब १० करोडको क्षति
कैलाली : गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै १० करोड बराबरको क्षति भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूचना अधिकारी जगदीश जोशीका अनुसार आगजनी र तोडफोडबाट ९ करोड ७४ लाख ५१ हजारको क्षति भएको छ। मुख्यमन्त्री कार्यालय परिसरमा राखिएका सातवटा चारपाङ्ग्रे सवारीसाधन, १३ सरकारी मोटरसाइकल र तीनवटा स्कुटर जलेर नष्ट भएको उनले बताए।
