SHARE
अन्नपूर्ण · शुक्रबार​ १७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

कैदीबन्दीहरूले सामूहिक रूपमा लगाए टीका

नुवाकोट : जिल्ला कारागार नुवाकोटका कैदीबन्दीहरूले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिकरूपमा टीका लगाएका छन्। उनीहरूले यस वर्षको वडादशैं पर्व मनाउँदै एकआपसमा टीका लगाउनुका साथै सामूहिक भोजभतेर गरेको कारागार प्रशासनले जनाएको छ।विभिन्न मुद्दामा परेर कैद सजाय पाएका तथा मुद्दा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन विताइरहेकाहरूले कारागारभित्रै आपसमा रमाइलो गर्दै दशैं मनाएका हुन्।