‘बालेनले देशको भावना बोले, खुसीले समर्थन गरेँ’ : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले बालेनको सम्बोधन आफूलाई दृढ, सार्थक र जोडदार लागेको बताएका छन्। उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थक नभए पनि बालेनले देशको भावना बोलेको भन्दै खुसी मनले समर्थन गरेको उल्लेख गरेका छन्।
