SHARE
Kalo Pati · शुक्रबार​ ९ असो २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

‘प्रधानमन्त्रीको सम्बोधनले नेपालीको मनमा उत्सवको अनुभूति भएको छ’ :नेता शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री शाहले गरेको सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया जनाएका हुन् ।