SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०२:१० PM · 1 मिनेट पढाइ

यूएईको जेलमा रहेका १२० नेपालीलाई आम माफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई आम माफी दिएको छ। इस्लाम समुदायको ईद अल–अदाहका अवसरमा उनीहरुलको बाँकी कैद मिनाहा गरेको अबुधावीस्थित नेपाली दूतावासले बताएको छ। नेपालीहरुलाई आम माफी दिएकोमा दूतावासले यूएई सरकारप्रति आभार समेत प्रकट गरेको छ। मजदुरीका अवसरमा त्यहाँ गएका नेपालीहरू विभिन्न कसुरमा जेल पर्ने गरेका छन्।