SHARE
Kalo Pati · बिहीबार ८ असो २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

आगामी दिनमा गल्ती नदोहोर्‍याउने एमालेको संकल्प, पार्टीभित्रको असमझदारी अन्त्य भएको दाबी

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयलाई गम्भीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्न नेता कार्यकर्तालाई आग्रह गरेको छ। बैठकपछि महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गरेको जनाएका हुन्।