SHARE
Samata Press · मङगलबार ६ असो २०८३ ०८:२९ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री वाग्लेले कार्यभार सम्हाल्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेपछि उनको अनुपस्थितिमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा नेपालको संविधानबमोजिम उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी अर्थमन्त्री डा वाग्लेलाई तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।