SHARE
लोक पथ · मङगलबार ६ असो २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

मिड सोलु हाइड्रोपावरले घोषणा गर्‍यो १५.७८९ प्रतिशत लाभांश

काठमाडौं । मिड सोलु हाइड्रोपावरले आफ्ना शेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।