SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

रोयल इन्फिल्डको ‘वन राइड’मा १ हजार ५ सयभन्दा बढी राइडर सहभागी

काठमाडौँ। रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। असोज ४ गते देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौँमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएको कम्पनीले जनाएको छ। कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएको राइड गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो।