बाढीपछिको पुनर्निर्माणका लागि ४.७७ अर्ब अमेरिकी डलर आवश्यकः प्राधिकरण
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट भएको क्षति पुनर्निर्माण तथा पुनः स्थापनाका लागि ४ दशमलव ७७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले उक्त जानकारी दिएका हुन् ।
