SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

वान डे क्रिकेट एकेडेमीको यु–१५ क्रिकेट टोली पाँच खेलको शृङ्खलाका लागि युएई प्रस्थान

काठमाडौँ। पेप्सीकोलास्थित वान डे क्रिकेट एकेडेमीको यु–१५ क्रिकेट टोली पाँच खेलको मैत्रीपूर्ण शृङ्खलाका लागि संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएको छ। टोलीले सेप्टेम्बर २१ देखि २७ सम्म दुबई, अजमान र शारजाहमा स्थानीय टोलीहरूसँग पाँच खेल खेल्नेछ। युवा खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट वातावरणमा खेल्ने अवसर प्रदान गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको एकेडेमीले जनाएको छ।