SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

रसुवा बाढी: केरूङमा अलपत्र नेपाली नागरिकलाई वैकल्पिक बाटोबाट फर्काइने

रसुवा, १ साउन । गत असार २४ गते चीनतर्फबाट आएको हिमबाढीले ल्हेन्दे खोलामा बाढी ल्याउँदा नेपाल–चीन जोड्ने मितेरी पुल भत्किएको छ। त्यसपछि चीनको केरूङमा अलपत्र परेका नेपाली नागरिकलाई वैकल्पिक मार्गबाट स्वदेश फर्काउने तयारी गरिएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार करिब १,२०० जना नेपालीको फर्काइका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग समन्वय भइरहेको छ।