जेन–जेड आन्दोलनले हल्लाएको नेपाली अर्थतन्त्र
काठमाडौं । भदौ २३ गतेबाट सुरु भएको जेन–जेड आन्दोलनले मुलुकलाई ठूलो राजनीतिक, सामाजिक र आर्थिक संकटमा धकेलेको छ । भ्रष्टाचार अन्त्य, सुशासन कायम र सुधारका मागसहित सुरु भएको आन्दोलन पहिलो दिनमै हिंसात्मक बन्यो । राज्य पक्षको गोली प्रहारमा १९ जना युवाको ज्यान गएपछि आन्दोलन झन् भडकिँदै दोस्रो दिन देशभर हिंस्रक रुप लियो । पहिलो र दोस्रो दिन गरेर ७२ जनाभन्दा बढीको मृत्यु भएपछि तत्कालीन सरकार ढलेर पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । आन्दोलनका क्रममा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि तहसनहस बने ।
