मुस्ताङको कोरला नाकालाई त्रिदेशीय व्यापारको केन्द्र बनाउनु पर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङको कोराला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्ने बनाउनु भएको छ । नेपाल–चीन सीमास्थित कोरला नाकाको अवस्था तथा यसको सम्भाव्यताको अध्ययन र अवलोकनका लागि मुस्ताङको जोमसोम पुग्नु भएका अध्यक्ष ढकालले गण्डकी प्रदेश तथा स्थमानीय उद्योगी व्यवसायीहरुसंगको अन्तरक्रिया तथा छलफलका क्रममा सो धारणा राख्नु भएको हो । कालीगण्डकी करिडोरको निर्माण कार्य पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने भएकाले सो नाकालाई पर्यटन तथा आर्थिक अवसरका रूपमा विकास गर्न सकिने उहाँको धारणा थियो ।
