कोरोनामा डा. अन्सारीले पाँच विमान चार्टर गरी नेपालमा भित्र्याएका थिए औषधि
काठमाडौं । कोभिड–१९ महामारीको कठोर समयमा जब देश मात्र होइन, विश्व नै त्रास र अनिश्चिततामा डुबेको थियो, त्यही बेला डा. अबुल हुसेन अन्सारी अग्रपंक्तिमा उभिएर मानवताका लागि उदाहरण बने । न औषधि थियो, न उपचारका भरपर्दा उपाय, सरकारसमेत असहाय स्थितिमा थियो । छिमेकी राष्ट्र भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा अभाव र हाहाकार चुलिएको थियो । त्यस्तो चुनौतीपूर्ण घडीमा डा. अन्सारीले विभिन्न मुलुकबाट अत्यावश्यक औषधि भित्र्याउँदै महामारीविरुद्धको लडाइँमा ठोस योगदान दिए। डा. अन्सारीले पाँचवटा विमान चार्टर गरी नेपालमा कोभिड–१९ का बिरामीहरूका लागि पहिलो चरणमा प्रयोग हुने औषधिहरू ल्याए।
