SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ । जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकताअनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ ।