SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ ०९:२९ AM · 1 मिनेट पढाइ

भ्रष्टाचारविरुद्ध सडकबाट प्रतिवाद गर्नुपर्ने अवस्थामा पुग्न सक्छौं : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले गम्भीर मोडमा पुगेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले जहाँ हात हाल्छ, त्यहीँ भ्रष्टाचार देखिएको आरोप लगाए।