बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, ४ जनाको उपचार जारी
वीरगन्ज : बारामा शुक्रबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोकिँएर घाइते भएका ६ जना मध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१४ बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार बेलुकी ७:४० बजेतिर ४ जना सवार प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकल र दुई जना सवार बि आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोकिँदा ६ जना घाइते भएका थिए। तीमध्ये उपचारका क्रममा शनिबार दुई जनाको मृत्यु भएको हो।
