मृतक शिक्षक यादवको परिवारलाई साथीहरूले गरे ५ लाख सहयोग
मलंगवा : डेढ महिनाअघि सेवा निर्वाहका क्रममा ताप्लेजुङमा मृत्यु भएका सर्लाहीको कौडेना गाउँपालिका–२ फुलपरासीका ३९ वर्षीय शिक्षक राजेन्द्र राय यादवको परिवारलाई साथीहरूले सहयोग गरेका छन्।शनिबार एक कार्यक्रम गरी मृतक यादवको बच्चाको नाममा मुद्दती खाता खोली सहयोगी गरिएको हो। साथीहरूबाट जम्मा भएको ५ लाख र यादवको तलब भत्ता वापत जम्मा भएको २ लाख गरी ७ लाख रकम बच्चाहरूको नाममा मुद्दती खाता खोली जम्मा गरिएको हो।
