SHARE
अन्नपूर्ण · आइबार​ १२ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

आन्दोलनका नाममा राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्तिमाथि निसाना बनाएको पाइयो : मुख्यमन्त्री

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्तिमाथि निसाना बनाइएको पाइएको प्रतिक्रिया दिएका छन्। लुम्बिनीका विभिन्न जिल्लाहरूमा जलेर ध्वस्त भएका सरकारी एवं व्यक्तिगत सम्पत्ति अनुगमनमा निस्किएका आचार्यले यस्तो प्रतिक्रिया दिए। उनले हालसम्म अर्घाखाँची, दाङ, प्युठान, नवलरासी (पूर्व), बाँके, रुपन्देही र कपिलवस्तु जिल्लामा पुगेर खरानी बनेका संरचनाहरुको स्थलगत अनुगमन गरेका छन्।